
काठमाडौं, चैत्र ४ । दिनानुदिन नेपाली युवाहरु विदेसिने क्रम जारी छ । बिदेश बाट धमाधम लासका बाकसहरु पनि आइरहेका छन् । यही घटना दैनिक घटिरहेका छन् । यही दुःखद घटनालाई सर्वनाम थिएटरमा मञ्चन भैरहेको नाटक ‘जिम्दा सपना’ले उठान गरेको छ । पश्चिम नेपालको गण्डक क्षेत्रमा बोलिने लवजलाई आधार बनाएर नाटकमा उतारिएको छ । नाटक जिम्दा सपनामा सामान्य परिवारको सामान्य सपनालाई गम्भिर रुपमा देखाइएको छ ।
प्रायः मानिसहरु महत्वकांक्षी हुन्छन र ठूला ठूला सपना देख्छन तर यो नाटकको पात्रले भने एकदमै साधारण सपना देखेको हुन्छ तैपनी पुरा हुन नपाइ तुहिन्छ । नाटकमा साधारण विषयलाई कति गम्भिर रुपमा देखाउन सकिन्छ भन्ने कुरा निर्देशक शाहले दर्शाएका छन । नाटकले अहिले पुस्तानान्तरण, गाउघरमा मोवाइल फेसबुक र मोटरसाइकले पारेको प्रभावलाई निकै कलात्मक ढगंले प्रस्तुत गरिएको छ ।
नेपाली समाजमा बढ्दै गएको रेमिटेन्स सस्कृतिलाई चोटीलो प्रहार गरेको छ । नाटक जिम्दा सपनाले । नाटकमा देखिने पात्रहरुको अभिनयले नाटकलाई जिवन्त बनाएका छन् । झण्डै एक घण्टा समयअबधि रहेको यो नाटक सुरु भएदेखि अन्त्यसम्म समय गएको पत्तो हुदैन । नाटक सुरु भएदेखि नै हसाउन सुरु गर्ने यो नाटकले अन्तमा सबैलाई रुवाउछ ।
मल्टीमिडीयाको समेत प्रयोग भएको यो नाटकमा निकै गहकीलो रुपले अगाडी बढेको छ । गाउमा देखिने हर्के, माने, माइल्दाई, टंके र जेठी जस्ता पात्रले नेपाली समाजमा विभिन्न पात्र र कालखण्ड लाई जिवन्त बनाउने प्रयत्न गरेका छन । बाबुलाई एउटा कोट, आमालाई सारी र भत्किन लागेको घरमा छानो लगाउने सामान्य सपना नाटकमा तुहिन्छ । नेपाली रंगमञ्चमा संभवत एउटै मान्छे लेखक, निर्देशक र कलाकार कमै हुने गरेका छन् तर राज शाहले यी तिनैवटा पक्षलाई नाटकमा न्याय गरेका छन ।
नाटक निर्देशन गर्नु र त्यसैमा अभिनय गर्नु गम्भिर र चुनौतिपुर्ण हुने बताउने उनले, कलाकारको ब्यस्तताका कारण उक्त भुमिका आफै निर्वाह गरेको बताए । नाटकमा जुठेको अभिनयम देखिएका अर्जुन न्यौपाने, टंकेको भुमीका देखिएका रोमश एमरल्ड, टंकेनीको भुमिकामा देखिएकी सिता रानाको अभिनय प्रशंसनिय छ ।
पञ्चेवाजा र गाउंले परिवेशले नाटकलाई अझ जिवन्त बनाउने काम गरको छ । नाटक जिम्दा सपना सर्वनामकै राज शाहले लेखन तथा निर्देशन गरेका हुन भने नाटकमा कलाकार अर्जुन न्यौपाने, दिपेश पौडेल, आदित्य शर्मा, एमरल्ड विश्वदिप, शिशिर सिवाकोटी, डिकेश मर्हजन, सविना गोपाली, सुप्रिया राना मगर, सिमोन खड्का, सिता राना मगर, बिकास लम्साल, प्रणव चौधरी, अर्पण बस्नेत, बसन्त पोखरेल र स्यंम राज शाहले पनि अभिनय गरेकाछन ।
नाटक यही चैत्र १४ गते सम्म सर्वनाम नाटकघर कालिकास्थानमा हरेक दिन बेलुका ५ः१५ बजे मञ्चन भइरहेको छ ।
