कालीकोटमा भिरबाट लडेर मृत्यु हुने सङ्ख्या बढ्दै

97
0
Share:

कालीकोट : भिरबाट लडेर मृत्यु हुने सङ्ख्या वृद्धि हुँदै गएको छ । घाँस, दाउरा, मेलापात गर्ने भिरालो जमिनमा जानुपर्ने भएकाले भिरबाट लडेर मृत्यु हुनेको सङ्ख्या वृद्धि हुँदै गएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटको तथ्याङ्कअनुसार चार वर्षमा भिरबाट लडेर २८ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७६÷७७ मा छ, ७७÷७८ मा सात, ७८÷७९ मा पाँच र चालू आर्थिक वर्षको माघ महिनासम्म ११ जनाले लडेर ज्यान गुमाएका हुन् । माघयता कालीकोटमै तीनजनाको रूख र भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटको तथ्याङ्कमा उल्लेख छ ।

विगत वर्षभन्दा चालू आर्थिक वर्षमा भिरबाट लडेर मृत्यु हुनेको सङ्ख्या धेरै छ । घाँसपात, स्याउला, सोत्तरका लागि ज्यानै जोखिममा राखेर भिरमा जानुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालयका कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए । “घाँस काट्ने बेला भिर र रूखबाट लड्ने घटना बर्सेनि दोहोरिने गरेका छन्”, उनले भने, “भिरबाट लडेर मृत्यु हुनेको सङ्ख्या पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको छ ।”

कमेन्ट गर्नुहोस्
Share: