ठूलोखोला क्षेत्रमा फैलिएको बर्डफ्लू नियन्त्रणमा

90
0
Share:

नुवाकोट : नुवाकोटको ककनी गाउँपालिका–१ औखरापौवास्थित ठूलोखोला क्षेत्रमा देखापरेको बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) भाइरस नियन्त्रणमा आएको छ । माघ अन्तिम सातादेखि फागुन पहिलो साताको अवधिमा देखापरेको बर्डफ्लू भाइरस सङ्क्रमित र शङ्कास्पद फार्मको पन्छी, पन्छीजन्य पदार्थ र पन्छीजन्य उत्पादनका सामग्रीहरू नष्ट गरेर थप फैलनबाट रोकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका प्रमुख भरत पाण्डेले जानकारी दिए ।

उनका अनुसार रोगको पहिचान भएकोे फार्मका पन्छीजन्य सामग्री सबै नष्ट गरिएको र आसपासको क्षेत्रमा लगातार गरिएको निगरानीबाट रोग नियन्त्रणमा आएको हो । “ककनी गाउँपालिका र विज्ञ केन्द्रको प्राविधिक टोलीले रोगको पहिचान भएका तथा शङ्कास्पद फार्मलाई नियन्त्रणमा लिएर थप फैलनबाट रोक्न गरिएको प्रयास सफल भएको छ”, केन्द्र प्रमुख पाण्डेले भने, “रोग नियन्त्रणमा आएको छ भने आसपासको फार्म तथा घरमा पालन गरिएका पन्छीहरू पनि सुरक्षित देखिएको छ ।”

कमेन्ट गर्नुहोस्
Share: