बैतडी राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा

Share:

काठमाडौँ, चैत ७ / सशस्त्र प्रहरीको एपिएफ क्लबसँगै क्षेत्र नम्बर ६ बैतडी राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। पुल्चोक इन्जिनियरिङ कलेज मैदानमा शनिबार भएको खेलमा एपिएफसँग २ सय ४३ रनको विशाल अन्तरले पराजयका बाबजुद रनरेटका अधारमा बैतडीले सेमिफाइल सुरक्षित गरेको हो।

शनिबार टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ५ बल बाँकी छँदै सबै विकेट गुमाएर ३ सय १० रन बनाएको थियो। कमजोर सुरुवात गर्दै मात्र १६ रनको अवस्थामा दुई विकेट गुमाए पनि त्यसपछि एपिएफको इनिङ्स् सम्हालिएको थियो। प्रदीप ऐरी र आरिफ शेखले तेस्रो विकेटका लागि ७० रनको साझेदारी गरे। शेख २३ रन बनाउँदै आउट भए भने ऐरीले ७९ रन जोडे। यसैगरी दीपेन्द्र चौधरीले ६९ रनको महत्वपूर्ण पारी खेले। ऐरी सो खेलमा प्लेयर अफ द म्याच भए।
जवाफमा ३ सय ११ रनको चुनौतीसहित ब्याटिङमा उत्रिएको बैतडीले १९ औँ ओभरमा ६७ रन जोड्दै अलआउट भयो। बैतडीलाई सस्तैमा समेट्ने क्रममा यज्ञमान कुमालले ४ तथा प्रदीप ऐरीले तीन विकेट लिए।

बैतडीले सेमिफाइनलमा पर्सि त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। सोही दिन फाइनल प्रवेशका लागि एपिएफले क्षेत्र नम्बर २ सँग प्रतिस्पर्धा गर्नेछ।

कमेन्ट गर्नुहोस्
Share: