ट्रकको ठक्करबाट युवकको मृत्यु

Share:

रञ्जन अधिकारी पोखरा, ७ चैत / पोखराको बिरौटामा शनिबार दिउँसो ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालकको ज्यान गएको छ । ग१ख ९४५ नम्बरको लोकल ट्रकले ग६प ७१६३ नम्बरको रातो पल्सर मोटरसाईकललाई ठक्कर दिँदा गम्भीर घाईते अनिल तामाङको उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए ।

पोखरा १७ ड्याम्साईड बस्दै आएका १९ वर्षीय तामाङको गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचारको क्रममा दिउँसो पौने ३ बजे निधन भएको हो । दिउँसो १ बजेर ५० मिनेटमा बिरौटाचोक देखि ५० मिटर छोरेपाटन तर्फ भएको सो घटनापछि ट्रक चालक फरार रहेकाले दुर्घटनाको कारण पत्ता नलागेको उनले जनाए । ट्रक शिव ढकालले भन्ने ड्राईभरले चलाउँदै आएको भन्ने बुझियो । उनी हाम्रो नियन्त्रणमा छैनन्, सम्पर्क गर्दा मैले चलाएको होईन भन्छ ।’ रजौरेले भने– ‘उनलाई पक्राउ गरी घटना बारे बुझ्नेछौं ।’

ठक्कर दिने ट्रक र मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको छ । मृतक तामाङ एक्लो छोरा हुन् । चार दिदीबहिनीका एक्लो भाइ तामाङका बाबु समेत छैनन् ।

फोटोः विजय क्षेत्री (जितु)

कमेन्ट गर्नुहोस्
Share: