अमेरिकी निजी रोजगारीको सङ्ख्या फेब्रुअरीमा दुई लाख ४२ हजार थप वृद्धि

124
0
Share:

अमेरिकी रोजगारीमा योगदान गर्ने एक कम्पनी (एडीपी) ले बुधबार अमेरिकी रोजगारदाताहरूले फेब्रुअरीमा आफ्नो रोजगारीको गति बढाएको जनाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई शान्त पार्ने थप प्रयासको आवश्यकता पर्नसक्ने थप सङ्केत दिँदै एडीपीले उक्त कदम चालेको बताएको छ ।

निजी क्षेत्रको रोजगारी फेब्रुअरीमा दुई लाख ४२ हजारले बढेको छ, जुन जनवरीमा संशोधित एक लाख १९ हजारको तुलनामा झन्डै दोब्बर हो र विश्लेषकहरूले अपेक्षा गरेभन्दा निकै बढी हो । फेडरल रिजर्भको मूल्य वृद्धिलाई नियन्त्रण गर्ने प्रयासको बाबजुद यो हालैका सूचकहरूको एक शृङ्खलाले रोजगारी वृद्धि बलियो, उपभोक्ता खर्च लचिलो र मुद्रास्फीति स्थिर रहेको जनाएको छ ।

एडीपीका प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले भने, “हामीले रोजगारी दरमा वृद्धि देखिरहेका छौँ । यो अर्थ व्यवस्था र कामदारहरूका लागि राम्रो छ । तर तलब वृद्धि अझै पनि धेरै उच्च छ ।” फेब्रुअरीमा, एक वर्ष पहिलेको तुलनामा तलब वृद्धि ७.२ प्रतिशतमा खुम्चिएको छ र रोजगारी परिवर्तन गर्ने कामदारहरूको ज्याला वृद्धि पनि १४.३ प्रतिशतमा झरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: