`नाईं नभन्नु ल ३`मा माल्भिका सुब्बा

Share:

काठमाण्डौ, चैत्र १२

यो जिवन चुडिएको चंगा जस्तै, समयले उडाई लादो रैछ
कहिले रूख झारमा अल्झिदो रैछ, कहिले बिजुली तारमा बल्झिदो रैछ

malvikaचैत्र २७ गते रिलिज हुन लागेको फिल्म ‘नाईं नभन्नु ल ३’मा समावेश माथीका हरफहरूमा पूर्व मिस नेपाल, अभिनेत्री तथा निर्माता माल्भिका सुब्बाको स्वर सुन्न सकिने छ । माल्भिकाले आज बिहीबार महाराजगञ्जको रेड स्टुडियोमा फिल्मको न्यारेशनका लागि डबिङ गरिन् ।

माल्भिकाको स्वर कथा अनुसार सुहाउँदो र बोल्ड भएकाले ‘न्यारेशन’का लागि सहयोग मागेको फिल्मका निर्माता विकास आचार्यले जानकारी दिए । यता माल्भिकाले पनि फिल्म राम्रो बनेको प्रतिकृया दिईन् । उनले हेरेको जति पक्ष राम्रो रहेको बताईन् ।

आर्यन सिग्देल, प्रियंका कार्की, अनुभव रेग्मी, सफला भट्टराई, सञ्चिता लुईटेल, सुरज सिंह ठकुरी, संयम पुरी र आश्मा डिसीको मुख्य भूमिका रहेको `नाईं नभन्नु ल ३`लाई मुस्कान ढकालले निर्देशन गरेका हुन् ।

वान टाइम सिनेमा प्रालीको व्यानरमा बनेको यो फिल्मका लेखक तथा निर्माता विकास आचार्य हुन् । फिल्ममा बसन्त सापकोटाको संगीत छ जसले ‘नाईं नभन्नु ल २’मा ब्लकबस्टर संगीत दिएका थिए ।

fimykhabar.com

कमेन्ट गर्नुहोस्
Share: