एनआरएन अमेरिकाको अध्यक्षमा कास्कीका श्री पराजुलीको उम्मेदवारी

Share:

पोखरा, १३ चैत | श्री पराजुली कास्कीमा जन्मिएर हुर्केका हुन् । राम्रो अध्ययन र वाकपटुताका धनी पराजुली सन् २००० मा अमेरिका पुगेका हुन् ।

तीनै श्री पराजुलीले गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन् । उनी यसअघि सोहि कार्यसमितिमा उपाध्यक्षको रुपमा काम गरिसकेका छन् ।

shree-600x394

अरु उम्मेदवारको तुलनामा केहि ढिला गरि उनले न्यूयोर्कमा आयोजित एक कार्यक्रमबीच आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । राम्रो व्यवस्थापकिय दक्षता भएको पराजुलीले गैरआवासिय नेपालीहरुको हकहितका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् ।

उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन्–‘बर्तमान कार्यसमितिको कार्यभार, समय अभाव र अरु प्राविधिक कारणले मेरो उम्मेदवारी केहि ढिला गरि आएको हो ।’ आगामी कार्यकाल आफ्नो नेतृत्वमा आउनेमा उनी विश्वस्त पनि देखिए । उनले भने–‘एनआरएन अमेरिकामा लामो समयदेखि विभिन्न पदमा बसेर काम गरेको अनुभवका कारण पनि मलाई नेतृत्वमा ल्याउन चाहनेहरु धेरै भएकोले मैले उम्मेदवारी दिएको हुँ ।’ पराजुलीले सामाजिक सेवाभावले एनआरएनको नेतृत्व गर्न आफु इच्छुक रहेको बताएका छन् ।

पराजुली रिज्उड नेपाली समाजका पुर्व अध्यक्ष समेत हुन्। एनआरएन अमेरिकामा अध्यक्षका प्रत्यासी श्री पराजुलीको चुनावी प्रक्रिया तीब्र बनाउनको लागि मिलन शाहीले क्याम्पियन म्यानेजर भएर सघाउने भएका छन् । आगामी निर्वाचनमा पराजुली जस्तो संस्थाप्रति निष्ठवान, इमान्दार र सक्षम व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्नको लागि तन, मन र धन सबैले सहयोग गर्न आफु तयार रहेको शाहीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: