कपाल देखाएको अभियोगमा दुई महिला पक्राउ

Share:

पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लंघन गरी सार्वजनिक रुपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ गरिएको छ ।

यहाँको एक पसलमा दही किन्न गएका उनीहरूलाई एक जना पुरूष ग्राहकले हिजाब नलगाएइको भन्दै दहीले बारम्बार आक्रमण गरेका थिए । सार्वजनिक व्यवस्था बिगारेको आरोपमा ती आक्रमणकारीलाई पनि पक्राउ गरिएको न्यायपालिकाको मिजान समाचार समितिले जनाएको छ ।

इरानको न्यायपालिकाले ती महिलालाई कपाल देखाएको आरोपमा हिरासतमा लिइएको बताएको छ ।  इरानमा महिलाले टाउको नढाक्नु गैरकानूनी मानिन्छ । यसअघि हिजाब अनिवार्य लगाउनुपर्ने कानुनी व्यवस्था अन्त्य हुनुपर्ने माग गर्दै देशमा महिनौँदेखि विरोधप्रदर्शन भइरेहका छन् ।

सार्वजनिक रूपमा हिजाब नलगाउनु इरानमा महिलाहरूका लागि गैरकानूनी भए पनि ठूला शहरहरूमा धेरैले हिजाब लगाउँदैनन् । कानुनप्रतिको क्रोध र निराशाले इरानी समाजमा असन्तुष्टि बढाएको छ ।

तेहरानको धार्मिक प्रहरीले नियमअनुसार हिजाब नलगाएको आरोपमा गत सेप्टेम्बरमा हिरासतमा लिइएकी २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि देशभर विरोध व्याप्त छ । हजारौँलाई पक्राउ गरिएको छ भने चार  जना प्रदर्शनकारीलाई मृत्युदण्ड दिइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: