तीन हप्ताका लागि कुलेखानी–फाखेल सडकखण्ड बन्द

346
0
Share:

काठमाडौं : बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड मर्मतको काम भइरहेकाले बन्द गरिएको छ ।

सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेकाले आजदेखि तीन हप्तासम्म सो मार्ग हुँदै चल्ने साना तथा ठूला सवारीसाधनका लागि यातायात सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो मार्ग हुँदै चल्ने सवारीसाधन भीमफेदी–मार्खु–चित्लाङ हुँदै काठमाडौं जाने आउने गरिरहेको प्रहरीले जनाएको छ । कुलेखानी–फाखेल मार्ग बन्द रहेकाले सो क्षेत्र हुँदै यात्रा नगर्न सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: