बलुच नेश्नल आर्मीका संस्थापक पक्राउ

Share:

पाकिस्तानी गुप्तचर निकायले आतंकवादी संगठनका एक जना नेतालाई पक्राउ गरेको बताएको छ । पाकिस्तानी सेनाको गुप्तचर इकाइबाट खटिएको एक टोलीले बलुच नेश्नल आर्मी (बिएनए) का संस्थापक नेतालाई पक्राउ गरिएको आज जनाएको हो ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्मिसेस पब्लिक रिलेसनस (आइएसपीआर)का अनुसार सेनाको गुप्तचर निकायले देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आतंकवादी गतिविधिमा संलग्न गुलजार इमाम उर्फ शम्बेलाई बिहीबार पक्राउ गरिएको हो । 

बिएनएले सुरक्षा निकायलाई लक्ष्यित गरेर बारम्बार घातक आक्रमण गर्दै आएको छ । शम्बेको गिरफ्तारीबाट बलुचिस्तानमा आतंकवादी गतिविधि नियन्त्रणमा योगदान पुग्ने विश्वास आइएसपीआरले व्यक्त गरेको छ । शम्बेको गिरफ्तारी पाकिस्तानी जनता र सेनाको आतंकवादलाई परास्त गर्ने प्रतिबद्धताको एक अभिन्न अङ्ग भएको उल्लेख गर्दै आइएसपीआरले जारी गरेको विज्ञप्तिमा देशमा शान्ति, सुव्यवस्था कायम गर्न पाकिस्तानको राष्ट्रिय सेना दृढ रहेको उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: