धेरै नेतालाई मनपर्ने ह्व्स्किी, कुन नेतालाई कुन रक्सी मन पर्छ ? यो पढौं

Share:

काठमाण्डु, १७ चैत / स्वास्थ्य र धर्मसंग जोडेर हेर्ने हो भने रक्सी हानिकारक, अपवित्र झोल हो । तर यहि अनौठो झोल कतिपय जातीहरूको संस्कृतिसंग पनि जोडिएको छ । जुन जातीको संस्कृतिसंग जोडिएको छैन, अब जोडिन थालेको छ । रक्सी नपिउँने समुदाय सम्भवतः कुनै मार्ग अवलम्वन गरेको धार्मिक समुदाय नै हुन सक्छ । धेरैजसो क्षेत्रका मानिसले रक्सी पिउँछन् । राजनीति गर्नेहरूले पनि रक्सी नपिउँने पर्ने कुनै कारण छैन । किनभने रक्सी पिउँनुलाई अब सोहै्रआना गलत मान्न छाडिएको छ । हाम्रा नेताहरू चाहि कुन रक्सी मन पराउँछन् त ? यो हेरौंः

Prachanda-3पुष्पकमल दाहाल प्रचण्डः प्रचण्ड अक्सर रक्सी पिउने नेतामा पर्छन् । उनलाई मनपर्ने चाहिँ व्ह्स्किी हो । विदेशी ह्विस्कीको सुरमा प्रचण्डले एक पत्रकारलाई अन्तवार्ता दिँदा बोल्न नहुने विषय बोलिदिएका थिए भन्ने चर्चा छ । रक्सी पिउँने बानी भए पनि प्रचण्डको राजनीतिक सामाजिक जीवनमा त्यसले फरक पारेको छैन ।

माधवकुमार नेपालः माधव नेपाल रक्सीबाट सात कोश टाढा छन् । उनी रक्सी खाने कार्यकर्तालाई समेत झपार्छन् । उनी खसीको मासु पनि खादैनन् ।

sher-bahadur-e1425305497823

शेरबहादुर देउवाः शेरबहादुर देउवा ह्विस्कीका शौखीन हुन् । तर स्वास्थ्यले साथ दिन

छाडेपछि उनले पनि ह्व्स्किीलाई साथ छाड्दैछन् । अचेल वाइन दुई चार गिलास पिउँछन् ।

डा. मिनेन्द्र रिजालः मिनेन्द्र रिजाल रक्सीको मामिलामा निकै सचेत छन् । उनी नियमित रक्सी पिउँदैनन् । पिउँनु पर्दा विदेशी वाइन एक बोतल सिध्याउँछन् । एक बोतल वाइनको नशा भनेको दुई बोतल वियर जति हुन्छ ।

Bamdev-Gautam-e1425044372570

बामदेव गौतमः वामदेव गौतम रक्सीको मामिलामा उदार छन् । उनलाई मुड चल्यो भने जुनसुकै रक्सी पनि पिइदिन्छन् । पिउँदा धेरै नाटक देखाउँदैनन् । खुलेर पिउँछन् । रक्सी पिएरै कम्यूनिष्ट भएको भन्न पनि उनी पछि पर्दैैनन् ।

मनमोहन भट्टराईः कांग्रेसको राजनीति गरेर पीडित भएका नेताका रुपमा लिइने मनमोहन भट्टराई पनि रक्सी मज्जाले पिउँनेमा पर्छन् । गिरिजाप्रसाद कोइरालाको निधनपछि उनको स्थानमा भट्टराई सभासद बनाइएका थिए । भट्टराईलाई मुड चल्यो भने चियाको सट्टा बिहानैै भ्याइदिन्छन् । उनलाई मन पर्ने चाहिँ भोड्का हो । भोड्का मन पराउने कांग्रेसका अर्का नेता सशांक कोइराला पनि हुन् ।

गगन थापाः बुढाहरूले त रक्सी पचाइरहेका छन् भने युवा जोशका गगनले त जति पनि पचाउँन सक्छन् रक्सी । तर पनि गगनले रक्सी खाएर कुनै उट्पट्याङ गरेको सुनिएको छैन । उनलाई मनपर्ने वियर हो । उनी पिउँनु पर्दा वियर नै छान्छन् ।

डा. बाबुराम भट्टराईः बाबुराम भट्टराई रक्सी पिउँदैनन् । तर उनले एक पटक कार्यकर्ताहरूलाई रक्सीका सम्बन्धमा प्रशिक्षण दिएका थिए । समाजसंग घुलमिल हुन एक दुइ पेग लगाउदा फरक पर्दैैन भनेका थिए । तर धेरै सेवन नगर्नुहोला । उनले आफु पनि कहिले काहिँ एक दुइ पेग लिने बताएका थिए ।

एनपी साउदः विद्यार्थी राजनीति गर्दै अघि बढेका युवा नेता एनपी साउदलाई ह्विस्की मन पर्छ । उनी पिउँदा ह्विस्कीकै ब्रान्डहरू छान्छन् ।

sujata1

सुजता कोइरालाः सुजता कोइराला पनि रक्सी पिउँने गर्छिन् । उनको मनपर्दीलो चाहि ब्लाक लेवल हो । तर उनलाई मुड चल्यो भने जुनसुकै ब्रान्डको पनि पिउँछिन् । उनले घरमा बार नै सजाएकी छिन् ।
कांग्रेसका कृष्ण सिटौला, रामचन्द्र पौडेल रक्सी छुदै छुदैनन् । कांग्रेसका महामन्त्री सिटौला माछामासु समेत खादैनन् । कांगे्रसका अर्का महामन्त्री प्रकाशमान सिं भने ह्विस्की पिउँछन् । रक्सी नेवार जातीको संस्कृति मै पनि पर्छ ।

मोहन वैद्यः ड्यास माओवादीका अध्यक्ष मोहन वैद्य धेरै र नियमित रक्सी खादैनन् । तर उनी मौका मिल्दा दुइ चार पेग भ्याइदिन्छन् ।

 

kathmandutoday.com

कमेन्ट गर्नुहोस्
Share: