नाइजेरियामा पूर्व सैनिक शासक राष्ट्रपतिमा निर्वाचित

Share:

एजेन्सी अबुजा, चैत १८ / नाइजेरियामा राष्ट्रपतिका लागि भएको चुनावमा पूर्व सैनिक शासक महुम्मदु बुहारी निर्वाचित भएका हुन्। २८ मार्चमा भएको निर्वाचनको परिणाम अनुसार ७२ वर्षे बुहारीले निवर्तमान राष्ट्रपति जोनाथन गुडलकको भन्दा करिब २५ लाख मत बढी ल्याएका थिए। निर्वाचन परिणामपछि गुडलकले बुहारीलाई बधाइ दिएका छन्।

नाइजेरियाको इतिहासमा बहालवाला राष्ट्रपतिलाई अर्को उम्मेद्वारले चुनावमा हराएको यो पहिलो पटक हो। बुहारीले सन् १९८४ जनवरीदेखि १९८५ अगस्टसम्म सैनिक कुमार्फत् नाइजेरियामा शासन गरेका थिए।

अफ्रिाकामा सबैभन्दा ठूलो अर्थतन्त्र भएको यो देश पछिल्लो समय मुस्लिम अतिवादी समूह बोको हरामका गतिविधीले चर्चामा छ। नयाँ राष्ट्रपति बुहारीका लागि बोको हरामका गतिविधि मुख्य चुनौति हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्।

कमेन्ट गर्नुहोस्
Share: