
माधब भुसाल, पोखरा चैत २४ / पोखरा उपमहानगरपालीकामा भर्खरै सरुवा भएर आएका कार्यकारी अधिकृत उदय बहादुर रानाले बनिसकेका घरहरु मापदण्ड बिपरीत नै भएपनि भत्काइहाल्न नमिल्ने बताएका छन् । ‘बनिसकेका घरहरु भत्काउने कुरा हुदैन’ उनले भने ‘मापदण्ड पुनर्बिचारका लागी क्षेत्रीय प्रशासनको समन्वयमा सरकारसँग पहल गर्नेछौ’।
शहरी बिकास तथा भवन निर्माण र डिभिजन कार्यलयको नेतृत्वमा मापदण्डको अध्ययन भइरहेकाले त्यसको अध्ययन प्रतिवेदन पछि मात्र मापदण्डको कुरा टुङ्गो लाग्ने उनको भनाइ छ । साथै नगरपालीकाको भवन निर्माण अन्तर्गतको प्राबिधिक टालिले पनि सो बारेमा अध्ययन गर्ने उनले बताए ।
पोखरा उपमहानगरपालीका सहरी विकास तथा सार्वजनिक निर्माण विभागका प्रमुख शारदामोहन काफ्ले ३५ फिट भन्दा अग्ला घर बनाउनका लागी अहिलेसम्म नक्सा पास नगरएिको बताउछन् ।
पोखरामा ३५ फिट भन्दा अग्लो घर बनाउन नपाउने मापदण्ड भएपनि ३५ फिट भन्दा अग्ला घरहरु धमाधम बनिरहेका छन् ।
