उत्तर भारतमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, २ गम्भीर घाइते

Share:

भारतको उत्तरी राज्य उत्तर प्रदेशमा शुक्रबार बिहान सडक छेउमा पार्क गरिएको ट्रकसँग कार ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु हुनाको साथै अन्य दुई जना गम्भीर घाइते भएका छन ।

राज्यको बाँदा जिल्लामा आठ जना यात्रु बोकेको कारले ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको बाँदाका जिल्ला अधिकारी दुर्गा शक्ति नागपालले जानकारी दिएका छन् । पाँच जनाको घटनास्थलमै ज्यान गएको थियो भने तीनजनालाई सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो ।

बाँकी दुई घाइतेको अवस्था अहिले गम्भीर रहेको र सरकारी अस्पतालमा सारिएको अधिकारीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: