राष्ट्रिय लिग फुटबल : आर्मी र मनाङ बराबरीमा, पुलिस एपिएफसँग पराजित

Share:

काठमाडौं, चैत २५ –

राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको दोश्रो खेलमा नेपाल आर्मी र मनाङ मर्स्याङदी क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।

काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा भरत खवासको गोल मार्फत आर्मीले अग्रता लिएको थियो । खवासले खेल सुरु भएको चौथो मिनेटमा नै गोल गरेका थिए ।

तर पहिलो हाफको १३ मिनेटमा मनाङका कप्तान अनिल गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए । गुरुङले डि बक्सबाट प्रहार गरेको बाइसाइकल किक गोलमा परिणत भएको थियो । त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन र खेल १–१ गोलको बराबरीमा सकियो र दुबै टोलीले १–१ अंक प्राप्त गरे ।

बराबरी सँगै मनाङ ७ अंकका साथ तेश्रो स्थानमा रहेको छ । मनाङ सँगै समान ७ अंक भएका थ्री स्टार पहिलो र एपिएफ क्लब दोश्रो स्थानमा रहेका छन् । आर्मी भने ६ अंकका साथ लिग तालिकाको पाँचौं स्थानमा रहेको छ ।आर्मी पनि झापा ११ सग समान अंक भएपनि गोल अन्तरका आधारमा पछि परेको हो ।

प्रतियोगिता अन्तर्गत बुधबार नै भएको पहिलो खेलमा एपिएफले नेपाल पुलिसलाई २–० ले पराजित गरेको थियो । नेपाल पुलिसले लगातार तेश्रो हार ब्यहोरेको छ । प्प्रतिस्पर्धात्मक खेलमा एपिएफको जितमा दुबै गोल रञ्जन बिष्टले गरेका थिए ।

पहिलो हाफको दशौं मिनेटमा गोल गरेका बिष्टले दोश्रो हाफको १४ औ मिनेटमा दोश्रो गोल गरे । जितसँगै एपिएफको दुई जित र एक बरावरीका साथ ३ खेलबाट ७ अंक भएको छ । लगातार तीन खेलमा हार बेहोरेको पुलिस भने विना अंक लिगको पुछारमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: