
माधब पनेरु पोखरा, २६ चैत / पोखरा उपमहानगरपालिका कार्यालयमा कार्यरत नायव सुव्वा भरतराज पौडेल १० हजार रुपैयाँ घुससहित विहिवार रंगेहात पक्राउ परेका छन् ।
नेपाल भुषण थापाले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेदका लागि दिएको निवेदनको फाइल अगाडि बढाउन आग्रह गर्दा कर्मचारी पौडेलले घुस मागेपछि घुस लिदै गर्दा अख्तियार दुरपयोग अनुसन्धान अयोग क्षेत्रयि कार्यालय पोखराको टोलीले पक्राउ गरेको हो ।
थापाले १ वर्ष अघिदेखि दिएको निवेदनउपर घुस नदिएकै कारण कारवाही अघि नबढेको बताए। यद्यपी पौडेलको साथबाट १० हजारसहित खल्ती, टेबुलको घर्रामा रहेको सहित ७८ हजार ३५ रुपैयाँ अख्तियारको टोलीले नियन्त्रणमा लिएकोे छ । उनको साथबाट जग्गाधनी पुर्जा, मोवाईल लगायतका सामग्री पनि नियन्त्रणमा लिएको जनाईएको छ ।
पौडेल प्रशासकिय अधिकृत नारायणप्रसाद शर्माको कानुन शाखामा कार्यरत छन । जसको हातबाट बरामद भएको छ ,उसैलाई नै कार्वाही तथा अनुसन्धान प्रकृया सुरु गरिने अख्तियार कार्यालय पोखराका प्रबक्ता सरिता खतिवडाले जानकारी दिईन ।
सेवाग्राही थापा संग काम गरिदिन रकम मागेपछि अख्तियारमा उजुरी दिएका थिए । थापाको उजुरी पछि अख्तियारको बिषेश टोलीले नासु पौडेललाई रंगेहात पक्राउ गरेको हो । पौडेलले आफुलाई केही थाहा नभएको पत्रकार माझ बताए पनि अख्तियार कार्यालय पोखराको प्रबक्ता खतिवडाले चोरले म चोर हो नभने जस्तै पौडेलले छोप्न खोजको बताईन ।
पोखरा उपमहानगरपालिकामा पहिलो पटक रंगेहात कर्मचारी पक्राउ परेका हुन । यस अघि पनि कर्मचारीहरुको उजुरीहरु पर्ने गरेको भएपनि प्रभावकारी कदम चाल्न अख्तियार सफल भएको थिएन ।
