सुडान द्वन्द्वः ओम्दुरमानमा आरएसएफको भीषण आक्रमण

Share:

सुडानी सशस्त्र बलसँग द्वन्द्वरत अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले ओम्दुरमान शहरमा भीषण आक्रमण गरेको छ।

अस्पताललाई ड्रोन आक्रमणको निशाना बनाएको उसले पाँच जनालाई मारेको र २२ जना गैरसैनिक नागरिकलाई घाइते बनाएको सुडानी  सेनाले एक प्रेस विज्ञप्ति निकालेर बताएको छ। यस सम्बन्धमा आरएसएफले कुनै टिप्पणी गरेको छैन।

राजधानी खार्तुमको उत्तरपश्चिममा अवस्थित ओम्दुरमानको मिलिटरी मेडिकल कोर अस्पतालको आपतकालीन परिसरमा आक्रमण गरेर आरएसएफले अन्तरराष्ट्रिय मानवीय कानून र युद्धका सबै नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ। आक्रमणमा परेको अस्पतालबाट त्यसको स्थापनाकालदेखि नै नागरिक र सैन्य कर्मचारीलाई सेवा प्रवाह हुँदै आएको थियो।

गत अप्रिल १५ देखि सुडानभर सुडानी सशस्त्र सेना र आएएसएफबीच सशस्त्र युद्ध जारी छ। पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार द्वन्द्वमा परी तीन हजारभन्दा बढीको मृत्युभएको छभने छ हजारभन्दा बढी घाइते भएका छन्।

 

कमेन्ट गर्नुहोस्
Share: