पोखरा, २८ चैत।
स्याङ्जा आरुखर्क गाविस स्थायी घर भई विभिन्न पेशा व्यवसायमा संलग्न रहदै पोखरामा स्थायी वा अस्थायी रुपमा बसोबासगर्दै आइरहेकाहरुको भेला सम्पन्न भएको छ।
भेलाले टिकाराम पौडेलको अध्यक्षतामा १३ सदस्यीय आरुखर्क पोखरा सम्पर्क समाज तदर्थ समिति गठन गरेको छ।
समितिको उपाध्यक्षमा यामप्रसाद पौडेल, सचिवमा सावित्री शर्मा, कोषाध्यक्ष नेत्रनारायण सुवेदी, सहसचिव काजीमान गुरुङ, सदस्यहरुमा लालुप्रसाद पौडेल, कृष्णप्रसाद शर्मा, लक्ष्मी पौडेल, लक्ष्मी बराल, रनबहादुर वि.क, यामनारायण लामिछाने, रामचन्द्र पौडेल र चुडामणि पौडेल छन्।
समितिको सल्लाहाकारहरुमा अर्जुनकुमार पौडेल, मेजर दिलबहादुर गुरुङ, कृष्ण बराल, रेशमराज सुवेदी, डिल्लिराम सुवेदी, यामप्रसाद सुवेदी, देवकृष्ण पराजुली, लालकाजी गुरुङ, कृष्णप्रसाद पौडेल, दुर्गाप्रसाद बनबासी, लिलानाथ पौडेल छन्।
बयोबृद्व गुरुदत्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अर्का गुरुदत्त पौडेलले गरेका थिए।
