ओबामाले भने: ‘हिलारी मेरी साथी हुन,उनी उत्कृष्ट राष्ट्रपति हुनेछिन’

Share:

काठमाडौं, चैत्र २९ / अमेरिकी राष्ट्रपति बाराक ओबामाले पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आगामी राष्ट्रपति पदका लागि प्रतिष्पर्धा गरे देशको उत्कृष्ट राष्ट्रपति बन्नसक्ने भन्दै प्रशंसा गरेका छन् । आगामी निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट हिलारीले राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नसक्ने सम्भावना रहेको बताइएका बेला ओबामाले प्रशंसा गरेका हुन ।

Obamaयसअघि सन् २००८ मा भएको पहिलो कार्यकालमा हिलारीले नै ओबामालाई पार्टीको आन्तरिक निर्वाचनमा टक्कर दिएका थिए । यस पटक पनि प्रतिष्पर्धी बन्दै पहिलो महिला राष्ट्रपति बन्ने होडमा हिलारी रहेकी छिन् ।
पनामामा रहेका राष्ट्रपति ओबामाले ‘हिलारी मेरी साथी हुन् र मलाई लाग्छ उनी एक उत्कृष्ट राष्ट्रपति हुनेछिन’ भन्ने अभिव्यक्ति दिएका हुन् ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ६७ वर्षीया हिलारीले सम्भवतः आजभोलिमै डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी घोषणा गर्न सक्ने छिन ।

कमेन्ट गर्नुहोस्
Share: