सामाखुसीबाट हराएका बालकको शव दक्षिणकालीमा भेटियो

153
0
Share:

काठमाडौं : भारी वर्षापछि आएको बाढीका कारण काठमाडौंको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव आज दक्षिणकालीस्थित वाग्मती किनारमा फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले आज वाग्मती किनारमा उनको शव फेला परेको जानकारी दिए । यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो ।

त्यसपछि लगातार खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेकामा आज ११ दिनपछि शव फेला परेको उनले बताउ । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: