सिङ्गापुरमा लागुऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ

Share:

सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशंकामा ४९ जनालाई पक्राउ गरेको छ  । हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा  ती संदिग्धहरू पक्राउ परेका हुन् ।

ती ४९  संदिग्धहरू २१ देखि ४६  वर्ष उमेर समूहका छन् । जसमध्ये ३५ सिङ्गापुरीहरू रहेको बताइएको छ ।

कारबाहीका क्रममा “एक्स्टेसी” र केटामाइन लगायतका नियन्त्रित लागुऔषध र लागुऔषध सामग्री बरामद गरिएको  पनि  बताइएको छ। यस बारे थप अनुसन्धान जारी छ ।

कमेन्ट गर्नुहोस्
Share: