हेलिकोप्टर दुर्घटनामा १२ नाइजेरियाली सेनाको मृत्यु

Share:

नाइजेरियामा सोमबार हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ ।  अबुजाबाट  २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको सो हेलिकोप्टर दुर्घटना भएको अल जजीराले उल्लेख गरेको छ।

नाइजर राज्यको शिरोरो स्थानीय सरकारी क्षेत्रको चुकुबा गाउँमा सशस्त्र डाकुहरूको आक्रमणमा घाइते भएका र मारिएका सिपाहीहरूलाई उद्धार गर्न सो हेलिकोप्टर परिचालन गरिएको थियो ।

नाइजेरियाली सेनाका प्रवक्ता मेजर जनरल एडवर्ड बुबाले बिहीबार अबुजामा  आयोजित पत्रकार सम्मेलनका क्रममा  सो घटनाको पुष्टि गरेका हुन् ।

उनले दिएको जनाकारी अनुसार दुर्घटनाको समयमा विमानमा १४ जना सैनिक  सवनर थिए ।   त्यसैगरी सात जना अन्य घाइते रहेको जसमा दुई जना विमान चालक र दुई जना चालक दलका सदस्य रहेको बताइएको छ ।

स्थानीय समाचारअनुसार हेलिकोप्टर चुकुबामा दुर्घटना हुनुअघि डाकुहरूले मारिएका सुरक्षाकर्मीको शव निकाल्दै थियो। स्रोतहरूले जनाएअनुसार सशस्त्र व्यक्तिहरूले अत्याधुनिक हतियार बोकेका थिए जसबाट हेलिकोप्टरमाथि आक्रमण गरिएको हुन सक्छ ।

उक्त हेलिकोप्टर कडुना एयरफिल्डबाट मिन्नाको लागि  उडेको तर यसको कडुना र मिन्ना दुबैबाट नियन्त्रण टावरसँग सम्पर्क विच्छेद भएको थियो ।

प्रिमियम टाइम्सका अनुसार स्थानीय आउटलेटडोगो गिडे, डाकुहरूको समूहको कुख्यात नेता जसले नाइजर र चाडको देशहरूको सिमानामा उत्तरपश्चिमी नाइजेरियाका केही भागहरूमा आतङ्क माच्चाएका छन् ।  आक्रमणको जिम्मेवारी  पनि सोही समूहले लिएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको  बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: