विग एफएमको नयाँवर्षे ईभेन्ट ‘गुडलक ७२’मा ९ जना विजेता

Share:

रेम बिक पोखरा, ४ बैशाख । नयाँवर्षको शुभकामना सहित पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले संचालन गरेको रेडियो गेम शो ‘गुडलक ७२’मा ९ जना विजेता बनेका छन् । तीन दिनसम्म चलेको गेम शो मा प्रत्येक दिन ३ जना सहभागीहरु विजेता बनेका थिए ।

रेडियो गेम शो अन्तरगत बैशाख १ गते विजेता बनेका छोरेपाटनका सुरज ढकालले २ हजार, काहुँखोलाकी प्रतिक्षा बाँस्तोलाले १ हजार र चिसापानीकी बिमला गुरुङले पाँच सय रुपैयाँ प्राप्त गरे । त्यस्तै दोस्रो दिन तारा सुवेदीले २ हजार, सुमन तिमिल्सिनाले १ हजार र गौतम थापाले ५ सय रुपैयाँ जिते ।

त्यस्तै रेडियो गेम शो को अन्तिम दिन लेकसाईडका समुन्द्र भण्डारीले २ हजार, औद्योगिक क्षेत्रका भुक्तबहादुर खत्रीले १ हजार र नयाँगाऊँका विष्णु थापाले ५ सय रुपैयाँ जिते ।

गेम शो अन्तरगत प्रत्येक दिन एफएमले एउटा प्रश्न सोधेको थियो । सोधिएको प्रश्नको एसएमएस मार्फत स्रोताहरुले उत्तर दिएका थिए । सहि उत्तर दिनेमध्ये ३ जना लाई प्रत्येक दिन गोलाप्रथाबाट एफएमले विजेता छानेको थियो ।

हरेक विशेष पर्वहरुमा विभिन्न खाले ईभेन्ट गर्दै आएको विग एफएमले वर्षको शुरुवातसँगै वर्षेनी ‘गुडलक’ रेडियो गेम शो संचालन गर्दै आएको छ । यो पटकको ‘गुडलक ७२’ लाई काठमाण्डौको ग्लोबल म्यानेजमेन्ट फाउन्डेशनले मुख्य प्रायोजन गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: