आर्मी र बिष्णुपादुका क्लब सेमिफाईनलमा प्रबेश

Share:

पोखरा, ४ बैशाख । नयाँ गोरख गण र बिष्णुपादुका क्लब शुभकामना कपको सेमिफाईनलमा प्रबेश गरेका छन । हेमजा युनाईटेडको आयोजनामा नवबर्ष २०७२ सालको अबसरमा आयोजीत दोश्रो शुभकामना कपको शुक्रबारबाट क्वाटरफाईनलका खेल शुरु भएको हो ।

शुक्रबार बिहान ११ बजे त्रिशक्ति युवा क्लब र नयाँ गोरख गणबीच भएको पहिलो खेलमा नयाँ गोरख गण ४–० गोलको को फराकिलो अन्तरले त्रिशक्तिलाई पराजित गरेको छ । जितसगै आर्मीको लागि सेमिफाईनलको ढोका खुलेको छ । उक्त खेलमा आर्मीका जर्सी नं. ७ का खेलाडी बिरोध गुरुङ म्यान अफ द म्याच बने ।

यस्तै बिष्णुपादुका क्लब बी र इन्द्रेणी क्लबबीच दिउसो एक बजे भएको दोश्रो खेलमा बिष्णुपादुका क्लब बिजयी भएको छ । ईन्द्रेणीलाई १–० गोअन्तरले पछि पार्दै बिष्णुपादुकाले सेमिफाइनलको यात्रा तय गरेको छ । उक्त खेलमा बिष्णुपादुकाका गोलरक्षक बिशाल बस्नेत म्यान दफ द म्याच बन्न सफल भएका थिए ।

युवा एकता र विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजित नकआउट फुटबल प्रतियोगिता बैशाख ७ गते सम्म चल्ने छ । प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख एक हजार एक सय ११ ट्रफी, मेडल, प्रमाण पत्र र दोस्रो नगद ५५ हजार पाँच सय ५५ ट्रफी, मेडल र प्रमाण पत्र रहने हेमजा युनाईटेडले जनाएको छ । प्रतियोगितामा प्रत्येक खेलमा म्यान अफ दि म्याचको पुरस्कार व्यवस्था समेत गरिएको छ ।

प्रतियोगितामा शनिबार पनि दुईवटा क्वाटरफाईनलका खेल हुने भएका छन । बिहान ११ बजे पहिलो खेल सहारा क्लब र एपेक्स क्लब बी बीच हुने र अर्को खेल दिउसो १ बजे भदौरे युवा क्लब र सत्य युवा क्लब बीच हुने हेमजा युनाईटेडका सचिब सरोज सापकोटाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: