युवा व्यवसायी सौगात थापा पोखरा ट्रेडमलको बोर्ड अफ डाइरेक्टरमा नियुक्त

Share:

कास्की : लामो समयदेखि व्यवसायमा सक्रिय सौगात थापा पोखरा ट्रेडमलको बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएका छन् । अंशुवरा ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका थापा आइतबार बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएका हुन् ।

पोखरा ट्रेडमलका अध्यक्ष मीनराज काफ्लेले थापालाई पोखरा ट्रेडमलको नियमावलीको परिक्षण ४ को दफा २८ को उपदफा ४ बमोजिम बोर्ड अफ डाइरेक्टरमा नियुक्त गरिएको जानकारी दिए  । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यसमेत रहेका थापाले पोखरा ट्रेडमललाई थप व्यवस्थित बनाउन आफूले भूमिका खेल्ने बताए ।

‘ट्रेडमलका व्यवसायीलाई मात्र नभएर ग्राहकहरूलाई पनि  मलमा आकर्षित गर्न प्रविधिमैत्री वातावरण बनाउने लक्ष्य छ’, उनले बिगखबरसँग भने ।

अग्रजको अनुभव र आफ्नो उर्जालाई एकसाथ मिलाएर  ट्रेडमललाई थप उचाइमा पुर्‍याउने उनको सोच रहेको छ । मीनराज काफ्लेले युवा नेतृत्वले व्यावसायिक क्षेत्रमा महत्वपूर्ण टेवा दिन सक्ने विश्वास आफूलाई भएको बताए  ।

नेपालकै ठूलो व्यावसायिक कम्प्लेक्समध्येमा पर्ने पोखरा ट्रेड मल २०७२ सालमा सञ्चालनमा आएको हो । मलमा ५ सय ४ सटरहरू रहेको काफ्लेले बताए ।

ट्रेडमलमा अंशुवरा ग्रुपको लगानी रहेको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: