
काठमाडौं : इराकमा तैनाथ संयक्त राष्ट्रसङ्घीय मिशनको बाह्रौँ डफ्फामा सहभागी हुन १८ सदस्यीय नेपाली शान्ति सैनिकको टोली बुधबार मिशन इलाकातर्फ प्रस्थान गरेको छ ।
सो मिशनमा हाल तैनाथ एघारौँ डफ्फामा कार्यरत १५ जना शान्ति सैनिक आज गते स्वदेश फिर्ता हुने योजना रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हाल त्यहाँ ८८ जना नेपाली शान्ति सैनिक तैनाथ छन् ।
कमेन्ट गर्नुहोस्
