बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ

Share:

 

मकवानपुर : बागमती प्रदेशमा यही  भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ  सम्पन्न भएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए ।  काठमाडौं उपत्यकासहित तीन जिल्लामा शतप्रतिशत वर्षे धानको रोपाइँ किसानले सम्पन्न गरेको उनले बताए ।

प्रदेशको १३ वटै जिल्लाको स्थानीय गाउँपालिका र नगरपालिकाको सहयोगमा   खेतीयोग्य जमिनको माटोको अमिलोपनाको परीक्षण गर्न टोली खटाउने मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: