नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र

Share:

काठमाडौं : नेकपा (एमाले) का सांसदहरुले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेका छन्।

उपाध्यक्ष विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरुको टोलीले श्रद्धाञ्जली दिँदै परिवारमा समवेदना व्यक्त गरेका हुन्।

पार्टी उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएको समवेदना पत्र पढेर सुनाएका सांसद दीपा शर्माले जानकारी दिइन्। समवेदना दिन एमालेका सबै सांसद गएका थिए। नेम्वाङको गत सोमबार हृदयघातका कारण निधन भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: