बिग आईकन कुन्साङको ‘यति धेरै माया’, म्युजिक भिडियो सार्वजनिक

Share:

रञ्जन अधिकारी पोखरा, ११ बैशाख । पहिलो कोसेली ‘यति धेरै माया’ का साथ श्रोतामाझ आएका पाँचौ बिग आईकन कुन्साङ गुरुङ श्रोता/दर्शकको पनि उत्तिकै धेरै मायाले फुरुक्क छन् । गीत सार्वजनिक गर्दै शुक्रबार कुन्साङले भनिहाले– ‘मेरो जीवनकै खुशीको क्षण हो आज ।’ कुन्साङले आफैंले लेखेका हरफहरुलाई बिग आईकनका निर्णायक गायक तथा संगीतकार सामसुङ तामाङले संगीत भरेका हुन् ।

poster 2

कुन्साङले गाएको पहिलो गीतको म्युजिक भिडियो पोखराका पत्रकारसँगै भिडियो बजारीकरण गरेको एशियन म्युजिक कम्पनी मार्फत देशभरका राष्ट्रिय टेलिभिजनहरु र युट्युबबाट सार्वजनिक भएको छ । पोखरामा स्वतन्त्र पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गीतको भिडीयो प्ले गरेर सार्वजनिक गरे । सञ्चारकर्मी सञ्जोक बस्यालले निर्देशन गरेको सो भिडियोमा व्यवसायिक कलाकारहरु आयुब केसी, पुजा भण्डारी, सपना कार्की र दुर्गाराज पाण्डेको अभिनय छ ।

कार्यक्रमका प्रमुख अतिथी रहेका बास्तोलाले कुन्साङ जस्ता प्रतिभाहरु जन्माएको बिग आईकनको निरन्तरताको कामना गर्दै संगीत क्षेत्रमा लागिरहन शुभेच्छा पनि प्रकट गरे । ‘गीत, भिडियो निकै राम्रो बनेको छ’ उनले भने– ‘अब पोखरामै रहेर यस्ता उत्कृष्ट उत्पादन हुन्छन् भन्ने यो गीत र भिडियोले पुष्टि गरिदिएको छ ।’ उनले बिग एफएमले गायन क्षेत्रमा लाग्नेहरुलाई प्लेटफर्म प्रदान गरेको बताउँदै कलाकारहरु सम्पदा भएको उल्लेख गरे ।

कार्यक्रमको अध्यक्षता समेत गरेका बिग एफएमका अध्यक्ष महेश भण्डारीले कुन्साङ भन्दा खुशी बिग एफएमलाई लागेको छ भन्दै उनको उज्ज्वल भविष्यका लागि हरेक पल एफएम समसाथमा रहेर अघि बढ्ने बचन दिए । ‘आफ्नो सन्ततिको हरेक खुशीमा अभिभावक भन्दा बढि कसलाई खुशी लाग्ला र ?’– भण्डारीले भने– ‘अब चौथो र पाँचौ बिग आईकनलाई एफएमले केहि सातामै यूके लगिदैंछ ।’

Video Lunch

बिग आईकनको पाँच ओटै संस्करणमा निर्णायक रहेका संगीतकार सुनिल थापाले कुन्साङको गीत सुनेपछि साँच्चै राम्रो बिग आईकन जन्मिएको भन्दै प्रशंसा गरे । चौथो म्युजिक भिडियो निर्देशन गरेका बिग एफएमका कार्यक्रम संयोजक समेत रहेका सन्जोक बस्याल पनि एकपछि अर्को राम्रो गीतहरुलाई क्यामरामा कैद गर्न पाउँदा दंग छन् । ‘रेडियोमा बोल्नु त मेरो लाईफकै पार्ट भयो, भिडियो त प्यासन हो ।’ बस्याल थप्छन्– ‘मलाई बदनाम सहित यो स्टोरी असाध्यै मन परेको हो ।’ विशेषतः कथामा आधारित रहेर भिडियो तयार गर्ने बताउने बस्यालले यसअघि सुधा रत्नको ‘सबैले मलाई घृणा…’, स्वरुपराज आचार्यको ‘न त तिम्रो रहरमा.., राज सिग्देलको ‘म यसै बदनाम…’ जस्ता चर्चित गायक गायिकाको गीतलाई भिडियोमा उतारिसकेका छन् ।

कार्यक्रममा भिडियो निर्माण प्रायोजन गरेको कंगारु एजुकेशन फाउन्ण्डेशनका प्रमुख कार्यकारी टि .आर. काफ्लेले स्रष्टाको सिर्जनालाई सबै माझ ल्याउन पाएकोमा खुशी ब्यक्त गरे । मोडल अयुब केसीले आफूले खेलेका फिल्म र अन्य म्युजिक भिडियोको तुलनामा बिग आईकन जस्तो प्रतिष्ठित प्रतियोगिता विजेताको भिडियोमा खेल्न पाउँदा छुट्टै सन्तोष मिलेको प्रतिक्रिया दिए । गीतको भिडियोलाई मिलन शंकरले खिचेका हुन् भने सजन श्रेष्ठले सम्पादन गरेका हुन् । सत्यम रानाको रंग संयोजन तथा रोहन नेपालीले निर्देशनमा सहयोगी भूमिका खेलेका छन् ।

भिडियो:

https://www.youtube.com/watch?v=XVJxySIMZAM

कमेन्ट गर्नुहोस्
Share: