अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ‘एक हजारभन्दा बढी’

Share:

 

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २ सय ५५ जनाको मृत्यु भएको छ। भूकम्पमा परी करिब ५ सय  घाइते भएको अधिकारीहरूलाई उदृत गर्दै बिबिसीले जनाएको छ।

मानिसहरू भग्नावशेषमा फसेकाले मृतक र घाइतेको संख्या थप बढ्न सक्ने अधिकारीहरूले जनाएका छन्। भूकम्प स्थानीय समय हिजो पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पले धेरै भवनहरू क्षतिग्रस्त भएका छन्। भत्किएका भवनहरूको भग्नावशेषले सडकसमेत अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा उद्धार कार्यमा बाधा पुगेको सुरक्षाकर्मीले जनाएका छन्।

कमेन्ट गर्नुहोस्
Share: