हमालले जुटाएका हैनन् १ अर्ब ?

Share:

काठमाडौं, वैशाख २३ /अभिनेता राजेश हमालले नेदरल्याण्डमा पुगेर १ अर्ब उठाएको खबरलाई त्यहा बस्ने नेपालीले नै खण्डन गरेका छन् । अभिनेता हमालले कार्यक्रममा पुगेर रकम उठाएको भन्दा पनि उनी सहभागी मात्र भएको नेपालीहरुले फेसबुकमार्फत जानकारी दिएका छन् । अभिनेता हमालले पनि आफ्नो फेसबुक मार्फत आफूले उठाएको भन्दापनि कार्यक्रममा उपस्थित भएको बताएका छन् ।

Rajesh-Hamal-(3)-copy_20120505080408

हमालले १ अर्ब उठाएको भन्ने खबर नेपालको प्रतिष्ठित पत्रिकाका मुख्य पृष्ठमा छापिएपछि नेदरल्याण्डमा बस्ने नेपाली विक्षिप्त बनेको केही नेपालीले फेसबुकमा लेखेका छन् । खबरले अर्कै मोड लिएको देखेपछि हमालले फेसबुकमा स्ट्याटस लेख्दै आफू स्वयंले सो रकम नउठाएको भन्दै रसहयोग रकम उठाउने संस्था र त्यहाँका नेपालीलाई धन्यवाद दिएका छन् ।‘धन्यवाद मलाई होइन नेदरल्याण्डको गिरो ५५५

, नेदरल्याण्डका नागरिक तथा त्यहाँ बसिरहेका नेपाली कम्युनिटीलाई दिनुस् । मेरो त कृतज्ञता मात्र हो,’ हमालले फेसबुक स्ट्याटसमा लेखेका छन् ।

नेदरल्याण्डका सरकारी मिडिया र डच कम्यूनिटीले संचालन गर्दै आएको गिरो ५५५ नामक संस्थाले यति ठूलो रकम नेपालका भूकम्प प्रभावितका लागि सहयोग गरेको हो । सो कार्यक्रममा नेपालीहरुको आग्रहमा हमाल पनि पुगेका थिए । उनले स्थानिय मिडियामा भूकम्प प्रभावितलाई सहयोग गर्न आग्रह पनि गरेका थिए ।  गिरो ५५५ ले नेपालमा मात्र नभई कुनै पनि देशमा विपत्ती पर्दा यसरी नै सहयोग गर्दै आएको छ ।

तर हमालले आफ्नो सुरुको स्ट्याटसमा आफ्नो अपिलका कारण सहयोग रकम जुटेको आसयको फेसबुक स्ट्याटस लेखेपछि नेपालमा सोही स्ट्याटसका आधारमा हमालले एक अर्ब संकलन गरेको खबर बाहिरिएको थियो ।

फिल्मीखबर

कमेन्ट गर्नुहोस्
Share: