नेपाली सेनाका अफिसर क्याडेट बानियाँलाई पाकिस्तानमा स्वर्णपदक

91
0
Share:

 

काठमाडौं : नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन् ।

पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उनले सो ‘गोल्ड मेडल’ प्राप्त गरेका हुन् । नेपाली अफिसर क्याडेटलाई पदक प्रदान गर्नु तालिमका क्रममा क्याडेटले देखाएको कडा परिश्रम र समर्पणको प्रमाण भएको सेनाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: