सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्रु घाइते

146
0
Share:

 

मकवानपुर : भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् ।

इन्द्रसरोबार गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा आज बिहान ३:३० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्र.०३–००१ज०२८३ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताइन् ।

सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह (प्रहरीको नियन्त्रणमा) रहेको उनले जानकारी दिइन् । सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र  घाइतेको उपचारका लागि काठमार्डौं पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताइन् ।

कमेन्ट गर्नुहोस्
Share: