
माधव पनेरु पोखरा,बैशाख २८ / पोखरामा चर्चामा रहेको फुटपाथ ब्यबस्थापनको बिषय बिस्तारै प्रभावहिन बन्दै गएको छ । छरिएर सडक पेटीमा बसेर ब्यापार गर्नेहरुलाई प्रसासन तथा नगरपालिकाले ब्यबस्थापन सहित बिस्थापनको निति लिएर हटाए पनि पुनः सोही समस्या देखिन थालेको छ ।
पोखराको पृथ्वीचोक, चिप्लेढुगां, महेन्द्रपुल तथा अन्य ब्यापारिक तथा ब्यस्त सडकहरुमा डोके तथा अन्य सडक ब्यापारीहरु दैनिक रुपमा बृद्धि हुन थालेका छन ।
पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत उदय बहादुर रानाको पहिलो प्राथमिकतामा राखिएको फुटपात ब्यबस्थापनको बिषयले देखिने गरि प्रतिफल पाउन सकेको छैन । फुटपाथ ब्यबस्थापनको लागि नगरपालिकाको आत्रिक स्रोत खर्च भैरहेको छ । नगरपालिका संग हाल भएको स्रोत साधन र जनशक्ति परिचालन हुँदा फुटपाथ नियन्त्रण संभव भएपनि स्वयं नगर प्रहरीकै कारण चुनौती भएको स्रोतले बताएको छ ।
नगरपालिकाकाले बिदा तथा बिहान बेलुकाको समयमा पनि डुयुटि मिलाएर नगर प्रहरी खटाउन गरेको छ । तर फुटपाथमा जाने प्रहरी र फुटपाथ ब्यापारी बिचको साठगाँठका कारण फुटपाथ बाट ब्यापारीहरु हटाउन नसकीएको रहस्य खुलेको छ । पोखराको चाईना पुलमा बिहानको समयमा तरकारी ब्यापार गर्नेहरु संग नगर प्रहरीले तरकारी लैजाने गरेको एक ब्यापारीले बताए । हामिहरु संग नगर प्रहरीले दैनिक तरकारी लैजान्छन । अनि कसैलाई देखाउन प¥यो भने हाम्रा डोका समातेर गाडीमा पनि हाल्छन , एक महिला ब्यापारीले बिग न्युज संग भनिन । हामिले फ्रि मा दिएको तरकारी खाएर हामि माथि नै जाई लाग्ने गर्न नमिल्ने उनले आक्रोशित मुद्राा भनिन ।
नगर प्रहरीले फुटपाथे ब्यापारीहरु संग लगेको सागको गुन्द्रुक बनाएर सोही स्थानमा ल्याएर बिक्रि गर्ने गरेको समेत त्यहाँका ब्यापारीहरुले बताएका छन । सित्तैमा लगेर फेरी आफुहरुकोमा नै बिक्रिका लागि गुन्द्रुक लिएर आउने गरेको उनिहरुले जानकारी दिए । यसरी नगर प्रहरी साामन्य तरकारी समेत घुष खान थाले पछि फुटपाथ ब्यबस्थापनमा समस्या देखिएको सर्बसाधारणहरुको गुनासो रहेको छ ।
