भूकम्पको केन्द्रविन्दु बारपाकमा माओवादी युवाहरू

250
0
Share:

काठमाडौँ, २८ बैशाख ।
वैशाख १२ गते आएको भूकम्पको केन्द्रविन्दु गोरखाको वारपाकमा नेकपा माओवादीले आफ्नो युवा दस्तालाई परिचालन गरेको छ । उसले अहिले खुला आकाशमुनि बसिरहेका पारपाकी जनतालाई अस्थायी बसोबासको लागि टहरा निर्माणका साथै घरमा च्यापिएका सामाग्रीहरु निकाल्ने काम गरिहेको छ । रातो टिसर्ट लगाएका ४० जना युवाहरु रातदिन खटिरहेका छन् ।
सहयोग सामाग्रीसँगै युवा दस्ता लिएर पैतल बारपाक पुगेका नेकपा माओवादी नेताहरुले वारपाकमा भएको जनधनको क्षति जानकारीसहित ध्वस्त बारपाकको अवलोकन गरेका थिए ।
पार्टी महासचिव विप्लव, स्थायी समिति सदस्य तथा प्रबक्ता प्रकाण्ड, पोलिट्व्यूरो सदस्य उमा भुजेल, केन्द्रीय सदस्य गुणराज लोहनी, बारपाकका स्थानिय नेता जीतबहादुर घले लगायतले अवस्थाबारे जानकारी दिएका थिए । उनीहरुले टोलटोलमा पुगेर पीडितहरुसँग अन्तरक्रिया समेत गरेका थिए ।
उद्दारको लागि त्यहाँ खटिएको नेपाली सेनाको नेतृत्वमा रहेको सुरक्षाकर्मीसँग पनि उनीहरुले अवस्थाबारे जानकारी लिएका थिए । वैशाख २५ गते बारपाक पुगेका विप्लवले त्यही दिन आफूले बोकेर लिएको सहयोग सामाग्री स्थानिय राहत वितरण समितिलाई हस्तान्त्रण गरेका थिए । सो अवसरमा विप्लवले बारपाकी जनताले माओवादी आन्दोलनलाई ठूलो सहयोग गरेको भन्दै आफूहरु विपतमा सहयोगको लागि आएको बताए । उनले आफ्नो पार्टी बारपाकी जनताको लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका थिए ।
२६ गते विहान विप्लवले युवा दस्तालाई पीडितलाई खुला आकाशमुनिबाट टहरामा ल्याउन निर्देशन दिए । ‘खुला आकाशमुनी रात विताउँन बाध्य पारपाकी जनतालाई तत्काल टहरामुनी ल्यानुहोला’ उनले भने । विहान ७ बजेदेखि १० बजेसम्म ध्वस्त बारपाकको विप्लवले अवलोकन गरे । अवलोकन सकेपछि उनले आफूले कल्पना नगरेको क्षति भएको बताए ।
विप्लवले बारपाकको पुर्न निर्माणको लागि राज्यले योजना बनाउनुपर्ने बताए । उनले जमिन फाँटेकाले कतिपय कतिपय स्थानमा त्यहाँ स्थानमा पुनः बसोबास गर्न नसकिने भन्दै उनीहरुलाई अर्को ठाउँमा लगेर बसोबासको व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै पार्टी प्रबक्ता प्रकाण्डले आफूहरू बारपाक लगायतका भूकम्पपीिडत जनतासँग दुःखमा हालेमालो गर्ने बताए ।
बारपाक ४ स्थित भूकम्पाबाट घाइते भएका ७० बर्षिय काले गुरुङको घर पन्छाउने कार्यमा माओवादी नेताहरु सहभागी भए । आफ्नै उमेरकी श्रीमतिसहित काले काम भत्केको घरमाथि बसेका थिए । उनी अरुजस्तै आफ्नो घरपनि पन्छाउन चाहन्थे तर आफू घाइते र श्रीमति काम गर्न नसक्ने भएकाले आरुको हेरेर बसेका थिए । माओवादी नेताहरुसँगै युवाहरुले उक्त घरलाई पन्छाइ बस्ने टहरा निर्माण गर्ने कार्यमा जुटे ।
माओवादी नेताहरुले काम गरिरहदा काले भन्दै थिए– विप्लव बाबुको मन सहयोगी रहेछ । उनले अगाडि भने,‘अस्ती प्रधानमन्त्री हेलिबाट आए बर्षा बसोबास गर्न टहरा बनाउने प्रयास गरौँला भने र उडेर गए तर माओवादी नेताहरु आफै काममा लागे, प्रधानमन्त्रीभन्दा सहयागी विप्लव रहेछन् ।’

बाँकेको कोहलपुरदेखि बारपाक पुगेका युवा राजु भुसालले आफूहरु बारपाकी जनतालाई खुला आकाशमुनीबाट टहरामा ल्याउँने बताए । त्यस्तै दाङको भालुवाङबाट बारपाक र आसपासका भूकम्पपीडितलाई आफूहरु सहयोग गर्न यहाँ आएको बताए । आफूहरु यहाँ रहँदा रातदिन पीडितसँगै रहन र उनीहरुका दुःखमा साथ दिने बताए । कास्कीका धनबहादुर बिक जस्तै ४० युवाहरु बारपाकीहरुलाई खुला आकाशमुनिबाट टहरामा ल्याउँन लागिपरेका छन् । उनीहरुले आफ्नो पार्टी महासचिव विप्लवको निर्देशन अनुसार काम गर्ने बताउँछन् ।

कमेन्ट गर्नुहोस्
Share: