
पोखरा २८ बैशाख ।नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले वैशाख १२ गते शनिवार गएको भूकम्पबाटप्रभावित परिवारलाई सहयोग आउने क्रम जारी छ ।पछिल्लो क्रममा नेपाल रेडक्रस सोसाइटी राखी उपशाखा, लेखनाथ–४ र ५ शिशुवाले २० हजार १ सय ८८ रुपैया, युवा रेडक्रस सर्कल पोखरा विश्व विद्यालय, लेखनाथबाट १० हजार रुपैया, आदर्श आमा समुह फलेपाटनबाट ३५ हजार ३ सय ३२ रुपैया प्राप्त भएको रेडक्रसले जनाएको छ ।यसैगरि फलेपाटन टोल विकास संस्था, पोखरा–१५ बाट ७ हजार ७ रुपैया,सिद्धेश्वर भजन मण्डरी समुह, पोखरा–१५ बाट १० हजार ५ रुपैया, नेपाल रेडक्रस सोसाइटी सल्यान गाविसबाट २ हजार रुपैया र नेपाल जुनियर रेडक्रस सर्कल भविष्य निर्माण उच्च मावि, कृस्तीबाट १० हजा रुपैया प्राप्त भएको छ ।
हालसम्म १८ लाख ८३ हजार ७ सय २८ रुपैया जम्मा भएकोमा खाद्यान्न, त्रिपाल खरिद र यातायात ढुवानीमा १६ लाख २ हजार ८ सय ८६ रुपैया खर्च भएको शाखाका कोषाध्यक्ष धर्मराज अधिकारीले जानकारी दिनुभयो । कास्कीमा २ हजार ५ सय ७६ परिवारलाई १ हजार ८ सय १ थान त्रिपाल र ९ सय २० थान कम्वल वितरण गरिएको छ । हालसम्म पोखरा र लेखनाथ वाहेक सबै गाविसमा राहत पुगेको रेडक्रस कास्कीले जनाएको छ । नगरपालिकाका कतिपय वडाहरुमा भने वितरण भइसकेको छ । गाविसहरुबाट राहतको लागि माग आउने क्रम भने जारी रहेको मन्त्री कृष्ण तिमील्सीनाले जानकारी दिनुभयो ।
barpake1 कास्की शाखाले भुकम्पबाट घाइते भएका ९६ जना विरामीलाई निशुल्क रगत प्रदान गरेको जनाएको छ । मणिपालका ३० र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका ६६ जना विरामीलाई निशुल्क रगत प्रदान गरिएको सभापति वामदेव ढुङ्गानाले बताउनुभयो । विपत्तीपूर्ण अवस्थामा सवै व्यक्ति तथा संघसंस्थाहरुलाई नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले राहत संकलन अभियानमा जुट्न समेत अनुरोध गरेको छ । शाखाले नेपाल रेडक्रस सोसाइटी कास्कीको सिटी डेभलपमेन्ट बैंकमा रहेको खाता नं. ००१०१५०००४५९४८०००००१ मा रकम जम्मा गर्न सकिने शाखाका कोषाध्यक्ष धर्मराज अधिकारीले जानकारी दिनुभयो ।
