
कास्की : वरिष्ठ कलाकार प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् ।
शुक्रबार बिहान साढे ९ बजे नदीपुरमा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
उनको अवस्था गम्भीर रहेको बताइएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि सामाजिक संजालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै घिमिरेको स्वास्थ्य लाभको कामना गरेका छन् । मेयर आचार्यले अभिनेता घिमिरेलाई आकस्मिक उपचार कक्षमा राखिएको बताए ।
नेपाली चलचित्रका अब्बल कलाकार घिमिरेले दर्जनौं फिल्ममा अभिनय गरेका छन् ।
कमेन्ट गर्नुहोस्
