भेनेजुएलाद्वारा १० टन भन्दा बढी कोकिन बरामद

209
0
Share:

 

भेनेजुएलामा प्रहरी र सैन्य कारवाहीका क्रममा १० टनभन्दा बढी कोकिन बरामद भएको अधिकारीहरूले बताएका छन् । यो गत वर्ष बराबद गरिएको सबै बरामदको करिब एक चौथाइ बराबर हो ।

 

“कूल १० हजार चार सय किलोग्राम कोकिन हाइड्रोक्लोराइड बरामद गरेर जलाइएको छ”, मुलुकका लागूऔषध विरोधी एजेन्सीका प्रमुख रिचर्ड लोपेजले सामाजिक सञ्जाल एक्समा भने । कोकिन हाइड्रोक्लोराइडले अवैध औषधिको पाउडरलाई दर्शाउँछ ।

 

लोपेजका अनुसार भेनेजुएलाले यो वर्ष करिब ५१ टन लागूऔषध बरामद गरिसकेको छ । त्यस्तै यो वर्ष १३ हजारभन्दा बढीलाई प्रहरीले गिरफ्तार गरिसकेको छ । प्रहरीले १३ प्रयोगशाला, एक रसद केन्द्र, हतियार र विस्फोटक पदार्थ बनाउने कारखानासहित तीन कोकिन उत्पादन शिविर ध्वस्त पारेको लोपेजले बताए ।

 

अधिकारीहरूले कोलम्बियाको सीमामा उत्तरपश्चिमी जुलिया राज्यमा तीन दिनसम्म गरेको कारबाहीमा कुनै पनि गिरफ्तारीको सूचना दिएको छैन । उक्त राज्यमा यो वर्ष सबैभन्दा धेरै लागूऔषध बरामद गरिएको छ । लागूऔषध विरोधी एजेन्सीका अनुसार सन् २०२२ मा ४१ टनभन्दा धेरै नशालु पदार्थ बरामद गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: