काजकिस्तानमा भएको खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

135
0
Share:

मध्य काजकिस्तानमा भएको कोइलाखानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको आपत्कालीन मन्त्रालयले आइतबार बताएको छ ।

मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “कारागान्दा सहरमा आर्सेलरमित्तल टेमिरटाउ कम्पनीको कोस्टेन्को खानीमा शनिबार भएको आगलागीपछि वेपत्ता भएका खानी मजदुरहरूको उद्धार अभियान अहिले पनि जारी छ ।”

यसअघि शनिबार कजाक सरकारले पीडितहरूको सम्मानमा आइतबार राष्ट्रिय शोक दिवसको घोषणा गरेको थियो । आगो लाग्दा खानीभित्र दुई सय ५२ मानिस थिए । पछि दुई सयभन्दा धेरै मानिसलाई बाहिर निकालिएको थियो । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: