
पोखरा, बैशाख ३०
माधब पनेरु
मंगलबारको भुकम्पले कास्कीमा ७ जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको मेट्रोसिटी हस्पिटलमा ३ जना, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २ जना र गण्डकी मेडिकलमा २ जनाको उपचार भइरहेको प्रहरीको भनाई छ ।
कास्कीका केही घरहरु भत्किएको खबर आएपनि पुष्टि भइनसकेको प्रहरीको भनाई छ । त्यसैगरि नब प्रभाव स्कुल नयाँ बजारमा पनि क्षति पुगेको जनाईएको छ । पोखरा र आसपासका स्थानहरुमा घरहरु भक्तीएको छ ।
करिब एक बजेको समयमा आएको उक्त भुकम्पका कारण बिभिन्न कार्यालय तथा ब्यापारीक सेन्टरहरुमा भागदौड मच्चीएको थियो ।
सामान्य बन्दै गएको जनजिवन लाई पछिल्लो पटक निरन्तर नित पटक आएको भुकम्पका कारण पोखरा र आसपासको जनजिवन प्रभावित बनेको छ । गन्तब्यमा लागेका मानिसहरुलाई अन्योल बनाएको छ । ठुलो धक्का महशुश भएपछि पुनः अर्को भुकम्प आउने डरले मानिसहरु निरन्तर काममा जान सकेका छैन । अफिसहरुमा रहेका कर्मचारीहरु पनि त्रासका कारण कार्यालय बाहिर रहेका छन ।
कास्कीमा रहेका बिद्यालयहरुमा भागदौड मच्चिएको थियो । भुकम्प गएपछि अभिभावकहरु पनि बिद्यालयमा गएका थिए । भुकम्पका कारण कति क्षति भयोे भन्ने एकिन बिबरण आउन बाँकी भएपनि यसअघि चर्किएका घरहरु भक्तिएका छन । पोखराको धारापानिमा रहेको एक घर भक्तिएको प्रारम्भीक जानकारी आएको छ । त्यसैगरि लेखनाथको कालिका गाबिसमा एक घर पुर्ण क्षतिग्रस्त बनेको छ । पछिल्लो भुकम्पका कारण लेखनाथ १५ टापुको थिर बहादुर बि.क र तिर्थ नेपालीको घर भक्तिएको जनाईएको छ । अन्य स्थानहरुमा पनि घरहरु भक्तिएको जानकारी प्राप्त भएको छ ।
पोखराको बाटुलेचौरमा रहेको चमेरे गुफा र महेन्द्र गुफाको अबलोकन , भ्रमण बन्द गरिएको छ । मानिसहरुले घरहरु भक्तिएको बताएका छन ।
थप बिबरण आउन बाँकी रहेको छ ।
