
काठमाडौं : आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। ओमानका लागि कप्तान जाहिन मक्सुदले सर्वाधिक ३२ रन बनाए। निशान खुसीले २५ रन बनाउँदा ओपनर प्रतिक अथाव्ले २४ रनमा आउट भए।
बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले २-२ विकेट लिन सफल भए। गुल्सन झा र अभिनास बोहराले १-१ विकेट हात पारे।समूह ‘ए’ मा नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्। नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो।
कमेन्ट गर्नुहोस्
