उपाधि जित्ने दाउमा नेपाल

Share:

काठमाडौं :  ट्वेन्टी–ट्वेन्टी विश्वकप अन्तर्गत एसिया छनोटको उपाधिको लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल आज विहान ११ बजे सुरु हुनेछ। नेपालले बलियो टोली युएईमाथि ८ विकेटको सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने  ओमानले बहराइनलाई १० विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो।

नेपाल र ‌ओमानबीच ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। नेपालले पछिल्ला तीन खेलमा जित निकाल्दा २ मा हार बेहोरेको छ।

कमेन्ट गर्नुहोस्
Share: