महिला टी–२० सिरिज अन्तर्गत नेपाल र हङकङ भिड्दै

Share:

काटमाण्डौं : टि–२० सिरिजअन्तर्गत बिहीवार नेपाल र हङकङबीच मध्यान्ह ११ः४५ बजे खेल हुँदैछ ।
चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा हङकङसँग भिड्न लागेको हो । नेपालले पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । सोही कारण आजको दोस्रो खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ ।
हङकङले भने पहिलो खेलमा बुधवार जापानलाई पराजित गरेको थियो । आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ ।
हङकङमा जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ । यस्तै बरियतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा रहेको छ ।
नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

कमेन्ट गर्नुहोस्
Share: