लुम्लेमा हँसिया प्रयोग गरेर हत्या गर्न खोजेका एक जना पक्राउ

143
0
Share:

कास्की : जिल्ला प्रहरी कार्यालय कास्कीले हँसिया प्रहार गरी एक जनाको हत्या गर्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार बि.क.का अनुसार ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेका ५७ वर्षीय जुमकाजी बि.क.लाई नियन्त्रणमा लिइएको हो । जुमकाजीले गत कार्तिक २७ गते स्थानीय श्रीराम देवकोटाको घरमा गई श्रीराममाथि हँसिया प्रहार गरी घाइते बनाएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका जुमकाजीमाथि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान चलिरहेको छ ।

हँसिया प्रहारबाट घाइते श्रीरामको पोखरा स्थित मेट्रोसिटी अस्पतालमा उपचार चलिरहेको पनि प्रहरी नायव उपरीक्षक बि.क.ले बताए ।

कमेन्ट गर्नुहोस्
Share: