इजरायल र हमास पाँच दिनका लागि युद्धबिराम गर्न तयार

Share:

काठमाडौं : इजरायल, हमास र अमेरिका गाजामा जारी संघर्ष पाँच दिन रोक्ने सहमति नजिक पुगेकका छन् । जसको बदलामा हमासले गत अक्टोबर ७ मा इजरायलबाट अपहरण गरेर बन्धक बनाएका व्यक्तिहरुलाई छोड्नेछ ।

गाजामा इजरायलका दर्जनौँ महिला तथा बालबालिलाई हमासले बन्धक बनाएको छ । वासिंटनपोष्टले तीन पक्षबीच भएको छलफल सहमति नजिक पुगेको र हमासले तत्काल बन्धकहरुको रिहाई सुरु गर्ने सम्भावना रहेको उल्लेख गरेको छ ।

संघर्षविरामका सर्तहरुमा युद्धका दुवै पक्षले ५ दिन लडाइँ बन्द गर्ने र प्रत्येक २४ घण्टामा ५० वा त्योभन्दा बढी बन्धकहरुलाई समूहमा रिहा गर्ने उल्लेख छ ।

यसैबीच इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध प्रदर्शन भएको छ । हमासद्वारा बन्धक बनाइएकाहरुलाई तत्काल मुक्त गर्न माग गर्दै झण्डै तीस हजार प्रदर्शनकारीले तेलअभिवस्थित प्रधानमन्त्री कार्यालय घेराउ गरेका हुन् ।

प्रदर्शनकारीले लगातार ५ दिनदेखि प्रधानमन्त्री कार्यालय घेराउ गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: