अष्ट्रेलियाले जित्यो छैटौँ पटक विश्वकप क्रिकेटको उपाधि

Share:

काठमाडौं : फाइनलमा भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको छ ।

भारतलाई उसकै घरेलु मैदानमा ६ विकेटले हराउँदै अस्ट्रेलियाले छैटौँपटक विश्वकपको उपाधि उचालेको हो ।

यसअघि अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारतले १९८३ र २०११ गरी दुईपटक उपाधि जितेको छ । सेमिफाइनलसम्म अपराजित भारत फाइनलमा अस्ट्रेलियासँग स्तब्ध भएको हो ।
कमेन्ट गर्नुहोस्
Share: