बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

188
0
Share:

बर्दिया : बर्दियाको राजापुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको आइतबार घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

बितेका चार वर्षमा नेपाल–भारत सिमानामा पर्ने वन क्षेत्रमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरी ३५ जनाको ज्यान गइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: