
कास्की : माछा मार्ने क्रममा करेन्ट लाग्दा कास्कीको पोखरा महानगरपालिका–२९ पटनेरीमा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवण कुमार बि.क.का अनुसार खेतमा पानी लैजाने कुलोमा माछा मार्नको लागि करेन्ट लगाउने क्रममा करेन्ट लाग्दा मुस्ताङको जोमसोम घर भई हाल पोखरा स्थित पटनेरीमा डेरा गरी बस्दै आएका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ बर्सिया सावित्री सुनारको मृत्यु भएको हो ।
माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जना घाइते भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय शिसुवाबाट पुगेको प्रहरी टोलीले उनीहरूलाई सोमबार साँझ उद्धार गरी उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाएको थियो। तर उपचारकै क्रममा उनीहरूको मृत्यु भएको हो ।
कमेन्ट गर्नुहोस्
