पाँच एसपीको एसएसपीमा बढुवा

Share:

काठमाण्डौं : सरकारले नेपाल प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा गरेको छ । २४ कात्तिकमा सिफारिसमा परेकाहरूउपर कुनै उजुरी नपरेपछि सोमबार गृह मन्त्रालयले उनीहरुको बढुवा गरेको हो ।

बढुवा हुनेमा वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर वली र चन्द्रवीर राई छन् । बढुवाको निर्णय भए पनि उनीहरूको पदस्थापन गरिएको छैन ।

पाँचजनाको बढुवासँगै नेपाल प्रहरीमा अब एसपीका सात पद रिक्त भएका छन् । जसका लागि एक दर्जन डिएसपीहरू प्रतिस्पर्धामा छन् ।

एसपीका लागि प्रदीप क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलीया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे प्रतिस्पर्धामा छन् ।

कमेन्ट गर्नुहोस्
Share: